सर्वोच्चद्वारा विप्लव नेकपाका ७ नेतालाई छाड्न आदेश

काठमाडौं, साउन २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ७ नेतालाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै बिहीबार सातै जनालाई रिहा गर्न आदेश दिएको हो ।

रिट निवेदनमाथि बिहीबार न्यायाधीश इश्वर खतिवडा, तेज बहादुर केसी र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बन्दीहरुलाई प्रबृत धारणा राखी बन्दी बनाइएको भन्दै रिहा गर्न आदेश दिएको हो ।

रामेछापका तेजबहादुर मोक्तान, सल्यानका चित्रकमल ओली, रोल्पाका बुद्दिलाल पुन, झापाका तेजराज काफ्ले, झापाकै डम्बरबहादुर तामाङ, ओखलढुंगाका बुद्दिबहादुर सुनुवार र भक्तपुरका राकेश श्रेष्ठसहित ७ जनालाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित अर्जुन तामाङले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

याे पनि पढ्नुस  विप्लवका ४ नेताद्वारा आत्मसमर्पण

सर्वोच्च अदालतमा शुक्रबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, गोपालकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता कपिलचन्द्र पोख्रेल, सुनिल पोख्रेल, खिमानन्द अधिकारी, बेनोज अधिकारी, कान्तिराम ढुंगाना, बद्रीप्रसाद भुसाल, चुडाबहादुर निरौला, लिलाधर उपाध्याय, सन्तोष कोइराला, सुदर्शन जोशी र राजु अधिकारीले बहस गरेका थिए ।

उनीहरुलाई प्रहरीले गत जेठ ११ गते साँझ काठमाडौँको कोटेश्वरस्थित नरेफाँटबाट पक्राउ गरेको थियो । पक्राउ परेका सबै जनालाई महानगरीय प्रहरी वृत्त, बोनश्वरको हिरासतमा राखिएको थियो । प्रहरीले उनीहरु सबैलाई राज्यबिरुद्दको कसुर र संगठित अपराध सम्बन्धि मुद्दा चलाएको थियो ।

याे पनि पढ्नुस  सर्वोच्च अदालतले भन्यो, ‘शिल्पालाई तत्काल पक्राउ नगर्नू’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!