नेपाल आइडल रवि ओडको अर्को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन २ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । उनको ‘उजाड यो’ बोलको नयाँ गीत आज युट्युबमार्फत् सार्वजनिक गरिएको हो । यो गीतमा उनीसँगै प्रविशा अधिकारीले स्वरमा साथ दिएकी छिन् । रवि–प्रविशाले गाएको यो गीतलाई बालकृष्ण न्यौपानेले लेखेका हुन् ।

यस्तै गीतमा सुनिल राइको संगीत छ । भिडियोमा चर्चित मोडल सनम खडायत र श्रृष्टि खड्काले अभिनय गरेका छन् । नेपाल आइडलपछि निकै व्यस्त रहेका रविले केही दिनअघि मात्रै ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’ लगायत गीत बजारमा ल्याएका थिए ।

याे पनि पढ्नुस  नेपाल आइडल रवि ओड अष्ट्रेलिया प्रस्थान

कमेन्ट गर्नुहोस्

error: Content is protected !!