कुखुराको खोरमा चितुवा, २ दिनपछि नियन्त्रणमा

कास्की, साउन २ । पोखरा महानगरपालिका-१६ सिप्लेकुना स्थित कुखुराको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीका अनुसार मंगलबार राति स्थानीय सोभित बहादुर केसीले पालेको कुखुराको खोरमा पसेको चितुवालाई बुधबार साँझमात्र नियन्त्रणमा लिन सकिएको हो ।

बुधबार साँझ खबर पाएसँगै कार्यालयको टोलीले स्थलगत निरीक्षण गरेको थियो । चितुवालाई डार्टिङ अर्थात टाढैबाट बेहोस बनाउने सुई लगाई नियन्त्रणमा लिन आवश्यक रहेको निश्कर्ष निकाली चितवन स्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा खवर गरेका थिए । चितवनबाट आएको चार सदस्यीय टोलीले चितुवालाई बुधबार साँझ वोहोस बनाएर नियन्त्रणमा लिन सफल भएको पराजुलीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!