एनिमेसन फिल्म बनाउने स्टुडियोमा भएको आगजनीमा १३ जनाको मृत्यु

काठमाडौँ, साउन २ । जापानको प्राचीन राजधानी तथा प्रमुख सहर क्योटोस्थित एउटा एनिमेसन स्टुडियोमा एक जनाले गरेको आगजनीपछि उक्त भवनमा आगो लागेपछि कम्तिमा पनि १३ जनाको मृत्यु भएको आशंका गरिएको छ । घटनामा ४० जनाभन्दा बढी घाइते रहेका छन् ।

स्थानीय मिडियामा प्रकाशित विवरणहरूमा क्योटो एनिमेसन कम्पनीको स्टुडियो रहेको उक्त तीन तले भवनमा फसिरहेकाहरूलाई दमकल विभागका अधिकारीहरूले फोनमार्फत सम्पर्क गरिरहेका छन् । अझै उक्त भवनभित्र १८ जना फसिरहेको हुनसक्ने बताइएको छ ।

क्योटो प्रहरीका प्रवक्तालाई उद्धृत गर्दै एएफपीले प्रकाशित गरेको समाचारमा स्थानीय समय अनुसार बिहान साढे दस बजेतिर एकजनाले स्टुडियोभित्र कुनै तरल पदार्थ छर्कंदै आगो लगाइदिएका थिए ।

प्रहरीले घटनास्थलबाट चक्कु समेत बरामद गएको बताएको छ ।

संदिग्ध व्यक्तिको कम्पनीसँग केकस्तो सम्बन्ध थियो भन्ने बारे भने खुलासा हुनसकेको छैन ।

प्रत्यक्षदर्शीहरूले भवनबाट धुवाँको मुस्लो आइरहेको देखिएको र ठुलो विस्फोटनको अवाज समेत सुनिएको बताए ।

भवनको माथिल्लो तल्लामा अझै केही मानिस फसिरहेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् ।

दमकल विभागका प्रवक्ताले आफूहरूले उक्त भवनलाई खाली गराउने प्रयास गरिरहेको बताएका छन ।

जापानी अधिकारीहरूले एक जनाको मृत्यु घटनास्थलमै भएको र अन्य १२ जना गम्भीर श्वासप्रश्वास र मुटु सम्बन्धी समस्याले ग्रस्त अवस्थामा फेला परेका थिए । जापानमा आधिकारिक रूपमा मृत घोषित नगरिएको तर शरीरले पूर्णरूपमा कम गर्न बन्द गरिसकेको अवस्थालाई यस्तो शेनी अन्तर्गत राख्ने गरिन्छ ।

अस्पताल भर्ना गरिएका ४० जनामध्ये केहीको अवस्था गम्भीर रहेको समाचार जापान टुडेमा प्रकाशित रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!