३ सय अडिसनपछि बल्ल पाइन एकता कपुरले यो अनुहार

 

मुम्बई । टेलिभिजनको पर्दाका लागि एकता कपुर एउटा ब्राण्ड नै हुन । खासगरी नयाँ नयाँ सिरियल निर्माण गर्ने र त्यसका लागि नयाँ नयाँ मौलिक अनुहारको खोजी उनको विशेषता नै हो । जोधा अकबर सिरियलदेखि अन्य कैयन सिरियलमा उनले यसरी नै कथाको माग अनुरुपको अनुहारको खोजी गरेकी थिइन ।

यतिखेर एकता कपुर एउटा सामाजिक सिरियल निर्माणको तयारीमा छिन् । ‘इट हेप्पेन्ड इन कलकत्ता’ नामक यो सिरियल सन् ६० र ७० को दशकको कलकत्ताको कथा हो । यो सिरियलका लागि एकताले एकजना नयाँ नायिका खोजेकी थिइन । यसका लागि उनले अढाई वर्षसम्म देशका बिभिन्न स्थानमा ३ सय बढी अडिसनको आयोजना गरिन ।

एकता कपुरले अन्ततः आफू सफल भएको बताउँदै ट्विट गरिन, “त्यो पर्फेक्ट फेसको खोजीमा हामीले देशैभरी अढाई वर्ष लगाएर ३ सय बढी अडिसन लियौं । प्रस्तुत गर्छु हाम्रो नयाँ प्रतिभा नगमा रिजवान, जोे आगामी वेब सिरिज इट हेप्पेन्ड इन कलकत्तामा करण कुन्द्रासँग देखिनेछिन् ।

यो सिररिजमा नगमाले कुसुमको रोल खेल्नेछिन् । सिरियलमा डाक्टर बन्न कलकत्ता कलेजमा भर्ना भएकी युवतीको भूमिकामा नगमा छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!