सामुदायिक सुरक्षा अभिवृद्धिका लागि अन्तरक्रिया

धनगढी, साउन २ । सामुदायिक सुरक्षा अभिवृद्धिका लागि बुधबार सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको छ ।

युवा शान्ति परिषद नेपालको आयोजना तथा धनगढी उप–महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको हो । युवा शान्ति परिषद नेपालका संयोजक प्रेम ढुंगानाका अनुसार विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यशन, त्यसको प्रभाव, त्यसले समाज र ब्यक्तिगत जिवनमा हुने असरका बारेमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरिक्षक बिर्खबहादुर बुढाले प्रस्तुतिकरण गरेका थिए ।

धनगढीका लागूपर्दाथको दुव्र्यशनी गर्नेको संख्या बढिरहेको बेलामा क्याम्पस र विद्यालयमा प्रहरीसँग एकदिन अभियान संचालन गरिएको युवा शान्ति परिषद नेपालका संयोजक ढुंगानाले बताए । धनगढी उप–महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीले लागुपदार्थ दुब्र्यशन न्यूनिकरणका लागि सहयोग गरिरहेको बताए । धनगढीमा युवाहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि युएनडिपीको सहयोग तथा धनगढी उप–महानगरपालिका संग समन्वय गरेर काम गरिरहेको पनि संयोजक ढुंगानाले बताए ।

पत्रकार टेकेन्द्र देउवाले धनगढी उप–महानगरपालिकाले आवर्ष २०७६–०७७ को नीति, कार्यक्रम तथा बजेटले युवाहरुका के–के कुरालाई प्राथमिकतामा राखेको छ भन्ने विषयवस्तुको प्रस्तुतीकरण गरेको पनि संयोजक ढुंगानाले बताए । यो अभियान उप–महानगरपालिकाका १९ वटै वडामा संचालन गरिने योजना रहेको पनि ढुंगानाले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!