अमेरिकाले दियो भारतलाई कडा धम्की– अरु देशबाट सैन्य सामग्री किने प्रतिबन्ध लगाउन सक्ने

 

वाशिङ्गटन । अमेरिकाले भारतलाई रुसलगायतका देशबाट लडाकु विमान नकिन्न चेतावनी दिएको छ । अमेरिकी रक्षा विभाग पेन्टागनले भारतले हालै मात्र रुसबाट लडाकु विमान किनेपछि सम्बन्ध बिग्रिनसक्ने बताएको थियो ।

गत शुक्रबारका दिन अमेरिकी उप रक्षामन्त्री डेभिड ट्रेचटेनबर्गले रुसबाट टर्कीले किन्न लागेको एफ ३५ भाइटर जेटको सम्झौता रद्द गरेको छ । भारतले पनि टर्कीजस्तै रुसबाट एस ४०० मिसाइल डिफेन्स सम्झौता गरेको थियो । त्यसैले अमेरिकाले यसप्रकारका सम्झौता नगर्न भारतलाई समेत चेतावनी दिएको हो ।

आफ्ना पाँचौ पुस्ताका विमानहरुलाई खतरा उत्पन्न हुने कुनै पनि सम्झौताबाट टाढा हुन डेभिडले भनेका छन् । भारतले गत वर्ष अक्टुबरमा ४० हजार करोडको मिसाइल डिफेन्स सिष्टम किन्ने सम्झौता गरेको थियो । दुश्मन देशबाट कुनै पनि व्यापारिक सम्झौता भएको खण्डमा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने डेभिडले बताएका छन् ।

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्पले हस्तान्तरण गरे तीन महिनाको पुरै तलब स्वास्थ्य निकायलाई

अमेरिकाले काटसा कानुन अन्तर्गत आफ्ना दु्श्मन देशहरुसँग हतियार किन्ने देशहरुमाथि प्रतिबन्ध लगाउन सक्छ । भारत पनि यो प्रतिबन्धभित्र पर्न सक्ने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!