आज लोकसेवा कार्यालय घेराउ गरिने

काठमाडौं, साउन २ । लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन खारेजिको माग गर्दै आज लोकसेवा आयोग घेराउ गरिने भएको छ ।

आन्दोलनका एक नेतृत्वकर्ता सहेक विश्वकर्माका अनुसार, लामो समयदेखि आवाज उठाउँदा समेत सुनुवाइ नभएपछि हाज आयोगको अनामनगरस्थित कार्यालय घेराउ गरिने भएको हो ।

यसअघि विज्ञापनमा असन्तुष्ट समुहले माईतीघर मण्डला लगायतमा प्रदर्शन र विभिन्न पक्षलाई भेटेर ज्ञापनपत्र दिईसकेको छ । लोकसेवाको विज्ञापन असमावेशी र संविधान विरोधी रहेको उनीहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!