अजयमेरु गाउँपालिकाद्वारा सार्वजनिक यातायाता सेवा सुरु

डडेल्धुरा, साउन १ । डडेल्धुराको अजयमेरु गाउँपालिकाले सार्वजनिक यातायात सेवा सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टका अनुसार गत आर्थिक वर्ष २०७५–०७६ को निती तथा कार्यक्रमअनुसार नै गाउँपालिकाले यातायत सेवा सुरु गरिएको हो ।

जिल्लाका सात स्थानीय तहमध्ये अजयमेरु आफ्नै सार्वजनिक यातायात सञ्ञ्चालन गर्ने पहिलो स्थानीय तह बनेको छ । अजयमेरु गाउँपालिकाबासी जनताको वडादेखि गाउँपालिका केन्द्र भद्रपुर र जिल्ला डडेल्धुरा सदरमुकाम पहुँचमा झेलिरहेका समस्याको सहजताका लागि दुई वटा गाडी खरिद गरी सञ्ञ्चालनमा ल्याइएको अध्यक्ष भट्टले बताए।

दुई वटा गाडी खरिदमा गाउँपालिकाले ६८ लाख ६० हजार रुपैयाँ खर्च गरेको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए। अजयमेरु गाउँपालिका केन्द्रबाट टाढा रहेका वडा १ समैजीको खतेडा र ६ राजुलबाट गाडी बिहान छुट्ने गाउँपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!