देहव्यापारमा संग्लन होटल सञ्चालकसहित ८ जना पक्राउ

कैलाली, साउन १ । प्रहरीले देहव्यापार तथा यौन धन्दामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया स्थित इन्द्रेणी होटेलकी सञ्चालक ३६ वर्षीया लक्ष्मी भनिने अरुणिमा मोक्तान रहेकी छन् ।

कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार पक्राउ परेकी मोक्तानविरुद्ध मानव बेचबिखन तथा ओसार पसार शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको छ ।

यसअघि कैलाली प्रहरीले देहव्यापार तथा यौन धन्दामा संलग्न ७ जनालाई धनगढीका विभिन्न होटेलबाट पक्राउ गरेको थियो । उनीहरू विरुद्ध पनि बेचबिखन तथा ओसार पसार शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!