महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ ।

यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ ।

यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ ।

यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!