विश्वकप फुटबलको दोस्रो छनौट चरणमा नेपालसँग खेल्ने टीम सार्वजनिक, नेपाललाई अप्ठेयारो पर्न सक्ने

काठमाडौं, साउन १ । सन् २०२२ मा हुने विश्वकप फुटबलमा नेपाल सहभागी हुन सक्ला त ? कम्तिमा नेपाली प्रशंसकहरुले छनौट भएको चाहेका छन् । फिफा बरियताको ३४ औं नम्बरमा रहेको नेपालले आफ्नो स्थान सुरक्षित राख्न दोश्रो चरणको फुटबल खेल पनि जित्नुपर्नेछ । यो छनौट चरणको घोषणा आज गरिएको छ । सूचि हेर्दा नेपालले निकै सशक्त टीमसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ड’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् । एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो ।

डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो राउण्ड होम एण्ड अवे गरी खेल्नेछन् । पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुनेछ । आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । त्यस्तै, यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!