बुधबार त्रिशूली नदीमा दुई शव फेला

नुवाकोट, असार ३१ । नुवाकोटस्थित त्रिशूली नदीमा बुधबार दुई जनाको शव भेटिएको छ ।

विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेको अर्को एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए । सुनार आज बिहान हराएपछि खोजी गर्ने क्रममा विदुर नपा–५ बुनीबेँसी पुल नजीकै मृत्त भेटिएका हुन् ।

उनको खोजी गर्ने क्रममा अर्का एक पुरुषको समेत शव भेटिएको पल्लिमगरले बताए । शव सडेको अवस्थामा भेटिएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!