मेयर चौधरीले सडक अतिक्रमण गरेका घरमा डोजर लगाए

सुनसरी, साउन १ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आज सडक अतिक्रमण गरेका घरमा डोजर लगाएका छन् । मेयर चौधरीले आज बिहानै केही नगर प्रहरीसहित डोजर बोलाएर सडक अतिक्रमण गरेका घरमा चौधरीले डोजर लगाएका हुन् ।

उनले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाएका छन् । सडक अतिक्रमण गरिएका संरचनापछि चौधरीले खोला अतिक्रमण गरेर बनाएको संरचना भत्काउन सुरु गरे । डोजर र नगर प्रहरी लिएर हिँडेका नगरप्रमुख चौधरीले इटहरी–१७ को स्यार्सेकाली पम्प आसपासमा खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेका छन्।

एक वर्षअघिदेखि सुरु भएको अतिक्रम रोक्ने कामलाई निरन्तरता दिन डोजर चलाइएको मेयर चौधरीले बताए । उनले पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले नगर प्रहरी र डोजर लिएर आफैँ उत्रिनुपरेको जानकारी दिए । आफ्नो घरको पर्खालमा डोजर चलाएर सुरु गरेको अभियानलाई निरन्तरता दिएकोसमेत नगरप्रमुख चौधरीको भनाइ छ। प्रत्येक वर्ष बर्खाको समयमा सडक तथा अतिक्रमण बढ्नाले बर्सेनि इटहरी ढुवानमा पर्दै आएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!