पोखरीमा डुबेर दुईजनाको मृत्यु

भोजपुर, साउन १ । जिल्लाको आमचोक गाउँपालिका–२ यूँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ ।

मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुवैजना पानी जम्मा गरिराखेको पोखरीमा साँझ भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुवैजनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!