सरकारी विद्यालयमा ‘मदिरा पार्टी’ गर्ने प्रधानाध्यापकसहित ५ जना पक्राउ

चितवन, साउन १ । चितवनको रत्ननगरमा नगरपालिका–९ स्थित कपरखोरी माविको भवनमा मदिरा पार्टी गर्ने प्रधानाध्यापकसहित ५ जना पक्राउ परेका छन् । विद्यालयको नयाँ बन्दै गरेको भवनमा मंगलबार राति मदिरा खाएर नाचगान गरेका उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल रहेका छन् । उनीहरुमाथि हिरासतमा राखेर अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!