गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि संगीत चोरीको आरोपमा उजुरी

काठमाडौं, साउन १ । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरी गरेको आरोप लागेको छ । बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका सेकेण्ड रनरअप सुमित पाठकको आवाजमा रहेको गीत ‘समाचार’ को संगीत चोरी भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार बिक्की महतले आफ्नो गीत ‘बुजाइदेउन तिमी मलाई’ को संगीतसँग हुबहु मिलेको भन्दै बुधबार उजुरी गरेका हुन्। संगीतकार बाँस्कोटामाथि यसअघि पनि संगीत चोरीको आरोप लागेको थियो। उनले यसअघि आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘इन्स्टाको फोटो’ को संगीत पनि कार्ला ब्रुनीको एक फ्रान्सेली गीतको संगीतसँग हुबहु मिलेको आरोप लागेको थियो।

सोपश्चात् उनले आफूलाई उक्त गीत असाध्यै मन पर्ने र सोही गीतबाट प्रभावित भएर ुइन्स्टाको फोटोु तयार गरेको स्वीकार गरेका थिए। उनी चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को दुवै सिजनमा निर्णायकको रुपमा रहेका थिए। नेपाल लाइभबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!