नयाँ खुलासाः भतिजाको हत्या भएको पीडामा खेलिरहेका थिए जोफ्रा आर्चर

काठमाडौं, साउन १ । इङ्ल्याण्डका खेलाडी जोफ्रा आर्चरले निकै ठूलो मानसिक पीडामा खेलेको खुलासा भएको छ । इङ्ल्याण्ड टीमका निकै सशक्त बलरका रुपमा चिनिने जोफ्राले मानसिक तनावकै बीच उत्कृष्ट खेलेको बताएका हुन् । उनले यो विश्वकपमा खेलिएका ११ खेलमा २० विकेट लिएका थिए ।

विश्वकपको पहिलो म्याचको भोलिपल्ट जोफ्रा आर्चरका दाईको छोराको बारबाडोसमा हत्या भएको थियो । आफ्ना भतिजाको हत्याले आर्चरलाई अत्यन्तै दुःखी तुल्याएको भएपनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन देखाए ।

यी फास्ट बलर विश्वकपको पूरा अवधिभर घाउसहित खेलिरहेको पनि खुलासा भएको छ । डेलीमेलको खबर अनुसार आर्चरलाई साइड इन्जरी थियो र उनी इन्जेक्सन लगाएर खेल खेलिरहेका थिए ।

जोफ्रा आर्चरलाई विश्वकप समाप्त हुनेबित्तिकै एक हप्ताको छुट्टी दिइएको छ र उनी अब बारबाडोसमा छन् । यो छुट्टीका कारण अब आर्चर आयरल्याण्डविरुद्ध सिंगल टेस्ट म्याच खेल्न पाउने छैनन् । हुन त उनले अर्को महिनादेखि एशेज टेस्ट सिरिजमा खेल्ने पक्का छ । अष्ट्रेलियाविरुद्ध आर्चर आफ्नो टेस्ट डेब्यू गर्नसक्छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!