वर्षातका कारण घर ढल्दा मर्नेको संख्या १४ पुग्यो, ४० जना अझै पुरिएको आशंका

 

मुम्बई । लगातार वर्षाका कारण भारतको आर्थिक राजधानी मानिने मुम्बईमा हिजो दिउँसो १२ बजे घर ढलेपछि मर्नेको संख्या १४ पुगेको छ ।

मुम्बईको डोंगरी क्षेत्रमा चारतले घरको आधा भाग अचानक ढलेको थियो । महिला र बालबालिका सहित अन्य ४० जना अझै पुरिएको आशंका रहेको छ ।

डोंगरी टंडेलको निकै सघन क्षेत्रमा कौसरबाग भवन ढलेको आवाज टाढा टाढासम्म सुनिएको थियो । घाइतेहरुलाई हबीब र जेजे अस्पतालमा भर्ना गरिएको छ ।

घटनामा १५ परिवार पुृरिएको आशंका गरिएको छ ।

मिडिया रिपोर्टमा उल्लेख भए अनुसार, उद्धार अभियानमा सबैभन्दा पहिले एकजना ६ वर्षको बालकलाई सकुशल उद्दर गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!