चमत्कारः आकाशमा १५३ यात्री र रित्तिन थाल्यो जहाजको इन्धन.. के भयो त्यसपछि पढ्नुस्

काठमाडौं, आकाशमा उडिरहेको जहाजले ल्याण्ड गर्न नसकि अर्को एयरपोर्ट डाइभर्ट गर्न खोज्यो । यसरी यताउता लैजाँदै गर्दा जहाजमा इन्धन सकिन थाल्यो । त्यो बेला पाइलट र यात्रुहरुको अवस्था के भयो होला ?

तर यसलाई चमत्कार नै भन्नुपर्छ, अन्ततः जहाज सुरक्षितरुपमा अवतरण गर्न सफल भयो । जहाजले जमिन छुँदा त्यहाँ जम्मा ५ मिनेटका लागि मात्रै इन्धन बाँकी रहेको थियो ।

यो घटना अहिले भारतीय मिडियामा चर्चाको विषय बनेको छ ।

विस्ताराको मुम्बईदेखि दिल्ली आइरहेको जहाजलाई खराब मौसमका कारण लखनऊ डाइभर्ट गरिएको थियो । तर लखनउको मौसम पनि सफा नभएपछि यसलाई प्रयागराज पठाइयो । तर त्यहाँ पुग्नुअघि नै फेरी विमान लखनउ फर्किनुपर्यो । लो भिजिबिलिटीका कारण जहाज अवतरण हुन समस्या आइरहेको थियो । तर जब पाइलेटले इमर्जन्सी मेसेज पठाएर लखनऊ अवतरण गरे त्यो बेलासम्म जहाजको इन्धन करिब रित्तिइसकेको थियो ।

मौसम खुलेको र लखनउ एयर ट्राफिक कन्ट्रोलरले चुस्तरुपमा काम गरेको कारण एयरक्राफ्ट दुर्घटना हुनबाट भने जोगियो । लखनउदेखि प्रयागराजको बमरौली एयरपोर्टको २ सय किमी यात्रा गर्न विमानमा पर्याप्त इन्धन थिएन । फाइट रडार २४ को तथ्यांक अनुसार, प्रयागराज जाने क्रममा ७ मिनेटको यात्रापछि विमानलाई लखनऊ फर्किनु परेको थियो । त्यसको २० मिनेट भित्र यसको अवतरण भयो ।

एटिसीले लखनऊको मौसम सफा भएको जानकारी दिएपछि उनीहरुले सकुशल अवतरण गर्न सकेका थिए । पाइलटका अनउसार, फ्यूल टंयाकीमा २ सय किलोग्राम या ५ मिनेटका लागि मात्रै इन्धन बाँकी रहेको थियो ।

नवभारत टाइम्समा प्रकाशित रिपोर्ट अनुसार, ए–३२० नियो एयरक्राफ्टको अपरेटिङ फ्लाइट युके९४४ मुम्बईबाट हिजो दिउँसो २ बजेर ४० मिनेटको समयमा ८ हजार ५०० किलो इन्धनसहित दिल्लीका लागि उडेको थियो । मुम्बई र दिल्लीबीचको समय दुई घण्टा भन्दा कमको छ ।

यो घटनालाई पाइलटहरु चमत्कार नै बताइरहेका छन् । कतिपयले भने पाइलटलाई दोष दिएका छन् । दिल्लीको बाटोबाट लखनउ डाइभर्ट हुँदा अटो ल्याण््ड (पूर्ण अटोमेटेड ल्याण्ड) को विकल्प पाइलटहरुले किन रोजेनन भन्ने प्रश्न समेत केहीले गरेका छन् । इन्धन इमर्जेन्सी र लो भिजिबिलिटीको सवालमा यो एउटा स्ट्याण्र्ड प्रक्रिया मानिन्छ । लखनउबाट फेरी इलाहाबाद डाइभर्ट गर्नु ठूलो गल्ती भएको टिप्पणी समेत गरिएको छ ।

विस्तारा कम्पनीले भने पाइलटहरुले इलाहाबाद डाइभर्ट गर्ने निर्णय गरेको तर प्रयागराज जाने बाटोमा लखनउका एटिसीले मौसम राम्रो भएको बताएपछि लखनउ फर्किने फैसला गरेका थिए ।

यसअघि दिल्लीमा तीब्र हावा र लो भिजिबिलिटीका कारण विमानले ७५ मिनेटसम्म आकाशमा चक्कर काटेको थियो । त्यसपछि पाइलटहरुले वैकल्पिक डेष्टिनेशनको रुपमा लखनउको नाम देखेपछि विमान डाइभर्ट गरेका थिए ।

सूत्रले भनेका छन– दिल्लीमा एक घण्टा भन्दा बढी चक्कर काटेपछि वैकल्पिक बाटो रोज्नु खतरनाक प्लान थियो । त्यसैपनि विमानमा केही अतिरिक्त इन्धन राखिएको कम्पनीले बताएपनि त्यति लामो समय दिल्लीको आकाशमा होल्ड गरेर फेरी अर्को गन्तव्य जानु संकटपूर्ण थियो

विस्ताराले भने मौसमको खराबीका कारण विमान वैकल्पिक स्थानमा जानु परेको बताएको छ ।

यो घटनाले सन् १९९३ को इण्डियन एयरलाइन्स ए ३०० एयरक्राफ्टको सम्झना गराएको छ । तपाई यो खबर एभरेष्टदैनिक डटकममा पढदै हुनुहुन्छ । त्यतिबेला हैदराबादमा लो भिजिबिलिटीका कारण इन्धन रित्तिएपछि विमानलाई तिरुपति नजिक एउटा धान खेतमा अवतरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!