बाढी, पहिरोका कारण अवरुद्ध विद्युत बुधबारसम्म सुचारु: मन्त्री पुन

काठमाडौँ, असार ३१ । उर्जामन्त्री वर्षमान पुन अनन्तले बाढी, पहिरोका कारण अवरुद्ध विद्युत सेवा बुधबारसम्म सुचारु हुने बताएका छन् ।

मङ्गलबार राजधानीमा एउटा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले बढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा सुचारु गर्न काम अघि सुरु भइसकेको बताए ।

मन्त्री पुनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । नदी नियन्त्रण आपत्तकालीन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनले बताए ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिंचाई आयोजनाको हालसम्म ८ किलोमिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!