इन्टरनेटकाे शुल्क १३ प्रतिशत बढ्यो

काठमाडौं, असार ३१ । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क वृद्धि हुने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत वृद्धि हुने भएको हो । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेको हो ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत वर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको बताए ।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको भट्टले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!