विश्वकप क्रिकेटमा बने यस्ता यस्ता रेकर्ड; अधिकांशमा इंग्ल्याण्डकै वर्चश्व

काठमाडौं, असार ३१ । भर्खरै सम्पन्न विश्वकप क्रिकेटको फाइनलको नतिजामा धेरैले असन्तुष्टि जनाएका छन् । धेरै मान्छेको मतमा फाइनल खेलमा न्युजिल्याण्डको खेल निकै गुणस्तरीय रहेको थियो । तर विश्वकप क्रिकेटका आँकडाहरू केलाउने हो भने इङ्ल्याण्डको प्रदर्शन साँच्चिकै च्याम्पियन बन्न लायकको देखिएको छ ।

सबैभन्दा बढी रन बनाउनेमा इङ्ल्याण्ड नै शीर्षमा

इङ्ल्याण्डले विश्वकपभरि सबैभन्दा बढी रन बनाएको थियो । उसले आफूले खेलेका ११ म्याचबाट जम्मा ३२८३ रन बनाएको थियो । यस विश्वकपमा सबै टीमहरूका तर्फबाट जम्मा २२४१२ रन बनाइएका थिए । जसमध्ये १४ प्रतिशत रन एक्लै इङ्ल्याण्डले बनाएको हो ।

धेरै रन बनाउने टीमको सूचीमा दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । उसले २९०१ रन बनाएको थियो । यो जम्मा रन्को लगभग १३ प्रतिशत हो । अस्ट्रेलिया जस्तै सेमिफाइनलबाट फर्किएको अर्को टीम भारत सर्वाधिक रन बनाउने टीमको सूचीमा तेस्रो स्थानमा रहेको छ । उसले २५१६ रन बनायो जुन कुल रन संख्याको ११ प्रतिशत हो ।

यस सूचिको चौथोस्थानमा भने बंगलादेश रहेको छ उसले २२७८ रन बनाएको थियो भने यस पालिको उप विजेता न्युजिल्याण्ड सर्वाधिक रन बनाउने टीमहरूको सूचीमा पाँचौं स्थानमा रहेको छ उसले जम्मा २१५४ रन बनाएको थियो ।

यस सूचिको छैठौं, सातौं, आठौँ र नवौं स्थानमा क्रमशः पाकिस्तान, वेस्टइन्डिज, दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् । उनीहरूले क्रमशः २०२५, १९६९, १९३४ र १८३१ रन बनाए । सं १९९६ को विश्व विजेता श्रीलंकाले भने यस विश्वकपमा १६२१ रनका साथ सूचिको पुछारमा रहेको छ ।

बाउन्ड्रीमा पनि इङ्ल्याण्ड नै अगाडि

यस पालिको विश्वकपको फाइनल खेलको नतिजा नै कसले कति बाउन्ड्री हान्न सक्यो भन्ने आधारमा गरिएको थियो । यस पालि खेलिएका सबै खेहरूमा सबै भन्दा बढी बाउन्ड्री पनि इङ्ल्याण्ड कै खेलाडीहरूले लगाए ।

छक्काको कुरा गर्ने हो भने इङ्ल्याण्डका खेलाडीले सबै खेलमा गरेर ७६ छक्का प्रहर गरे । यस सूचिको दोस्रो नम्बरमा वेस्ट इन्डिज रह्यो । उसका खेलाडीहरूले ५९ छक्का प्रहर गरे । यस सूचीमा तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको तर्फबाट ४४, चौथो भारतको तर्फबाट ३६ र पाँचौंमा पाकिस्तानको तर्फबाट २८ छक्का प्रहार भए ।

त्यस्तै सर्वाधिक चौका प्रहर गर्ने कुरामा पनि इङ्ल्याण्ड नै अगाडि देखिएको छ । उसले प्रतियोगिताभरि २८३ चौका लगायो । त्यस्तै अस्ट्रेलियाले २७१ र भारतले २३२ चौका लगाए । त्यसपछि क्रमशः बंगलादेशले २१० चौका, पाकिस्तानले १८७,  न्युजिल्याण्डले १७५, वेस्टइन्डिजले १७० अफगानिस्तानले १७० र दक्षिण अफ्रिकाले १५५ छक्का हाने । छक्का प्रहार गर्ने मामिलामा पुछारमा रहेको श्रीलंका चौकामा पनि पुचार्मै रह्यो । उसका खेलाडीले सबै खेलमा गरेर जम्मा १३३ चौका मात्र प्रहार गर्न सके ।

छक्का हान्नमा मोर्गन र चौका हान्नमा रोहित अगाडि

व्यक्तिगत प्रदर्शनको कुरा गर्ने हो भने पनि इङ्ल्याण्डका खेलाडी प्रतियोगिताभरि छाइ नै रहे । यसी क्रममा अंग्रेज कप्तान इयान मोर्गन यस प्रतियोगिता भरि सबै भन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बन्न पुगे भने रोहित शर्मा सबैभन्दा बढी चौका प्रहार गर्ने तर रोहित भने यस दौडमा एक्लाबन्न सकेनन् । उनीसँगै इङ्ल्याण्डका जोनी बेयरिस्टोले बराबरी गरेका छन् । मोर्गनले जम्मा २२ छक्का प्रहार गरे । रोहितले ६७ चौका प्रहार गरे । जोनी बेयरिस्टोले पनि ६७ छक्का नै प्रहार गरेर उनको बराबरी गरे ।

प्रतियोगिताभरि सबैभन्दा बढी छक्का प्रहर गर्ने खेलाडीहरू  

ब्याट्सम्यान देश छक्का संख्या
इयन मोर्गन इङ्ल्याण्ड २२
एरोन फिन्च अस्ट्रेलिया १८
रोहित शर्मा भारत १४
जेसन रोय इङ्ल्याण्ड १२
क्रिस गेल वेस्टइंडीज १२
बेन स्टोक्स इङ्ल्याण्ड ११
जोनी बेयरस्टो इङ्ल्याण्ड ११
रसी वान डुसेन दक्षिण अफ्रीका १०
निकोलस पूरन वेस्टइंडीज १०
कार्लोस ब्रैथवेट वेस्टइंडीज

 

सबैभन्दा बढी चौका हान्ने खेलाडीहरू

ब्याट्सम्यान देश चौका संख्या
रोहित शर्मा भारत ६७
जोनी बेयरस्टो इङ्ल्याण्ड ६७
डेविड वॉर्नर ऑस्ट्रेलिया ६६
शाकिब अल हसन बांग्लादेश ६०
जेसन रॉय इङ्ल्याण्ड ५१
केन विलियम्सन न्युजिल्याण्ड ५०
बाबर आजम पाकिस्तान ५०
जो रूट इङ्ल्याण्ड ४८
एरोन फिंच अस्ट्रेलिया ४७
एलेक्स केरी अस्ट्रेलिया ४६

कमेन्ट गर्नुहोस्

error: Content is protected !!