सिद्धार्थ बैंकका ३ नयाँ शाखा

काठमाडौं, असार ३१ । सिद्धार्थ बैंकले काठमाडौंको नेपालटार, भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बताएको छ ।

बैंकले देशभरि १५९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखा रहित बैंकिङ सेवा, १७२ एटिएम र १३ सय बढी पिओएस मेसिनमार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!