कार्यालयमै मदिरामा लठ्ठ वडासचिव प्रहरीद्धारा पक्राउ

काठमाडौं, असार ३१ । कञ्चनपुरमा कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको वेदकोट नगरपालिका वडा नं. ९ का वडा सचिव सुन्दर बोहरा कार्यालयमै मदिरामा लठ्ठ परेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक कृष्णानन्द भट्टले वडा सचिव बोहराले मदिरा सेवन गरेर सेवाग्राहीलाई दुःख दिएकाले पक्राउ गरिएको बताए ।

भट्टका अनुसार उनलाई सेवाग्राहीले दिएकै सूचनाका आधारमा पक्राउ गरिएको हो । वडा सचिव बोहराले कार्यालय समयमै मदिरा सेवन गरी सेवाग्राहीलाई दुःख दिदै आएको वडा अध्यक्ष रामसिंह धामीले बताए । पटक पटक आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर प्रहरीलाई खबर गरिएको उनले बताए । महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!