आगामी कार्तिकमा सौगात र नम्रताको ‘माछा माछा’ को प्रदर्शन मिति तय

काठमाडौं, असार ३१ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

तीन जना गाउँले यूवाहरुले शहरिया जीवन स्थापित गर्नका लागि गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा सौगातसँगै विजय बराल र अनोज पाण्डे केन्द्रिय भूमिकामा छन् ।सुनील गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र कात्तिकको २९ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको प्रदर्शन मितिसँगै यसको फस्टलुक पनि रिलिज भएको छ । सार्वजनिक पोष्टरमा सौगात, विजय, अनोजको समूह र अर्का कलाकार माओत्से गुरुङको समुह अलग–अलग देखिएको छ। चलचित्रमा नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र सुनिल गुरुङको लेखन छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!