छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

रुकुम पश्चिम, असार ३० । छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले सानीभेरी गाउँपालिकाका एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको हो ।

आफ्नै १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले गत ४ चैतमा उनलाई पक्राउ गरेको थियो । बाबुबाट छोरी बलात्कृत भएको भन्दै आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । जिल्ला न्यायाधीश जोशीको आइतबारको इजलासले उनलाई दोषी ठहर गर्दै जन्म कैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले जानकारी दिए ।

फैसलासँगै उनलाई जिल्ला कारागार रुकुम पश्चिममा चलान गरिएको अदालतले जनाएको छ । गोपनियताका कारण बाबुको नाम खुलाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!