ईटहरीमा ‘नेपाल टुर पूर्वाञ्चल फेसन शो’ भव्यरुपमा सम्पन्न

इटहरी, असार ३० । मोरङको गोकर्ण रिसोर्टमा ‘नेपाल टुरः पूर्वाञ्चल फेशन शो’ को फाईनल शो सम्पन्न भएको छ ।

इटहरीको आसपासमा छरिएर रहेका युवायुवतीभित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेशन शोमा अभिभावकको नराम्रो दृष्टिकोणलाई हटाउने उद्देश्य सहित इटहरीमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । शोको लागि गएको १० दिनदेखि ३० जना नयाँ तथा पुराना फेशन मोडलहरुलाई प्रशिक्षण दिइएको थियो । जुल फाईनल शोमा एकसाथ र्याम्प नापेका थिए ।

यस्तै शोको बुटिक पार्टनर ईटहरीको डि डिजाईनर बुटिकका मनिषा पोख्रेलले डिजाईन गरेको ड्रेससहित काठमाडौंबाट तयार भएर आएको ड्रेसहरुमा मोडलले र्याम्प गरेका थिए । साँझ ७ बजेबाट सुरु भएको शो राति ११ बजे सम्पन्न भएको थियो ।

शोको स्थानिय आयोजक तथा मेकअप पार्टनरको रुपमा मार्टिना मेकअप स्टुडियो रहेको थियो भने सम्पूर्ण मोडलहरुलाई उर्वि श्रेष्ठलगायतका मेकअप आर्टिष्टहरुले मेकअप गरेका थिए ।विभिन्न फेसन शोदेखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रियसनले पहिलो पटक इटहरीबाट नेपाल टुरको आयोजना गरेको हो ।

ईटहरीमा आफूहरुले गरेको यो शो स्थानीय टिमको सक्रियतामा भव्य र सभ्यरुपमा सम्पन्न भएको क्रीयसनका म्यानेजिङ डाईरेक्टर रवि लामा तामाङले जानकारी गराए । यस्तै, गायक कमल खत्रीले पनि आफ्नो लोकप्रिय प्रस्तुति राख्ने कार्यक्रम थियो । तर, देशभर आएको झरी र वर्षाको कारण कमल ईटहरीसम्म आउन नसकेको पनि रविले बताए ।

ईटहरीको शो सम्पन्न गरे लगत्तै अब चितवनमा कार्यक्रम आयोजनाको गृहकार्य पनि सुरु भएको क्रियसनका मोडल तथा आयोजक सुरेश थापा मगरले बताए । असार २७ गते शुक्रबार सम्पन्न शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्विन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनरको उपस्थिति रहेको थियो । उक्त शोको डिथ्री अनलाइन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनरको रुपमा रहेको थियो ।

फेशन शोका केही तस्वीरहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!