विदेशबाट फर्किँदा ५० ग्राम सुनको गहना ल्याउन सकिने, यस्तो छ नयाँ संशोधित नियम

काठमाडौं, विदेशबाट नेपाल फर्किंदा ल्याउने सामानमा कडाई गरेपछि आलोचना भएपछि सरकारले नयाँ आर्थिक वर्षसँगै नयाँ व्यवस्था लागु गर्न थालेको छ ।

नयाँ व्यवस्था अनुसार, विदेशबाट फर्किँदा ५० ग्रामसम्म सुनको गहना ल्याउन सकिने छ । त्यसैगरी एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन सकिने छ । यसैगरी ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने छ । ५० ग्रामसम्मको गहना वा एकसय ग्राम भन्दा बढी सुन ल्याएमा जफत हुने नयाँ व्यवस्था गरिएको छ ।
१ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने गरी वयवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार, कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान ९सवारी साधनबाहेक० स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने भएको छ ।

विदेशबाट नेपाल  पूर्ण भन्सार छूट हुने वस्तु 

लुगाफाटो,  बरबिछ्यौना,

घर गृहस्थीका पुराना सामान,

औषधि उपचार गराई बिरामीले ल्याएको औषधि,

शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान,

५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया,

ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर,

घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एकरएक थान,

बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक(एक थान,

पेशागत यात्रुले प्रयोग गरी ल्याएको एकरएक उपकरणरवस्तु, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म ।

विदेश जाँदा

नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट

जहाजबाट आउने(जाने यात्रुले बोक्न पाउने सामान

दूरविन, ट्यावलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा, पोर्टेवल म्युजिक सिस्टम एकरएक थान, लुगाफाटा, वरबिच्छ्यौना, घर गृहस्थीका सामान, घडी, साइकल, पेराम्बुलेटर र ट्राइसाइकल, सेलुलर मोवाइल एकरएक थान, ५० ग्रामसम्मको सुनको गहना र १ सय ग्रामसम्मको चाँदीको गहना,

पेशाकर्मीले आफूले गरी आएको कामका निम्ति ल्याएको उपकरणरसामान

राहदानी बोकेका विदेशी यात्रुले ल्याउन र लैजान पाउने सामान

एक लिटरसम्मको मदिरा वा १२ क्यानसम्म वियर, चुरोट २ सय खिल्ली, सिगार ५० खिल्ली, टोबाको २५० ग्राम, १० हजार रुपैयाँ मूल्यसम्मका औषधि ९निषेधितबाहेक०, ५ हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा, २ हजार रुपैयाँसम्मका फलफूल, नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालवस्तु ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!