बाढी–पहिरोमा घाइते भएकाको सम्पूर्ण उपचार सरकारले गर्ने

काठमाडौं, असार २९ । देशमा केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा धाइते भएकाको उपचारको सम्पूर्ण व्यबस्था सरकारले मिलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नौ सो निर्णय गरेको हो । साथै बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्कालका लागि आवश्यक रातह कार्यहरू तदारुक्ताका साथ गर्ने निर्णय पनि गरेको छ ।

बैठकले देशमा विभिन्न भागमा हाल सम्म ५१ जनाको मृत्यु भएको र ३१ बेपत्ता तथा २८ जना घाइते भएको उल्लेख गदै दुखद घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै बाढी पहिरोको घटना लगतै उद्धार, हेरविचार, राहत वितरण उचार सेवा लगायत समाचार सम्प्रेषण गर्ने सबैलाई सरकारका तर्फबाट हार्दिक धन्यवाद दिने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!