बंगलादेशका पूर्वराष्ट्रपति हुसैन मुहम्मदको निधन

एजेन्सीः बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मुहम्मद इरशादको आइतबार एक सैन्य अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका इरशादको ८९ वर्षको उमेरमा निधन भएको हो । विपक्षी दलका नेता तथा पाँच पटक सांसद रहनुभएका इरशाद लामो समयदेखि फोक्सो र मृगौला संक्रमणलगायत अन्य कैयौँ रोगबाट पीडित थिए । गएको २६ जुनमा उनलाई सीएमएचमा भर्ना गरिएको थियो ।

इरशादले सन् १९८२ अप्रिल २४ मा तत्कालीन राष्ट्रपति अब्दुस सत्तारको सरकार अपदस्थ गर्दै चिफ मार्शल ल को रुपमा सत्ता हातमा लिँदै अब्दुल फजल मोहम्मद अहसाजुद्दीन चौधरीलाई राष्ट्रपति नियुक्त गरेका थिए ।

त्यसपपछि सन् १९८३ मा उनी आफैँ राष्ट्रपति बने । राष्ट्रव्यापी जन आन्दोलनपछि उनले सन् १९९० डिसेम्बर ६ मा पदत्याग गरेका थिए । उनलाई सन् १९९१ मा गिरफ्तार गरिएको थियो र ६ वर्षपछि जमानतमा रिहा गरिएको थियो । इरशादमाथि भ्रष्टाचारलगायतका २६ मुद्दा दर्ता गरिएका छन् । बंगलादेशको राजनीति र गठबन्धनको सरकार बनाउन इरशादको महत्वपूर्ण भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!