कांग्रेस कार्यकर्ताले मजदुरलाई भड्काएपछि मेलम्चीको काम रोकियो

काठमाडौं, असार २९ । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम मानन्धरका कारण आइतबारबाट रोकिएको छ । काम भइरहेका बेला वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका काँग्रेस कार्यकर्ताहरुले कार्यरत मजदुरहरुलाई काम नगर्नु भनेर भड्काएपछि आयोजनाको काम रोकिएको हो ।

मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया मेलम्ची खानेपानी विकास समितिले अघि बढाईरहेको सन्दर्भमा अचानक काम रोकिन गएकोमा दुःख व्यक्त गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न काँग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन नदिन काँग्रेसका केही स्थानीय व्यक्ति सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिको छ ।

सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भइरहेको छ । यी दुई काम अन्तिम चरणमा पुगेका छन् । भारतीय र नेपाली गरी दुवै ठेकेदार कम्पनीले काम गरिरहेको छन् । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नु भनेर स्थानीय केही काँग्रेस कार्यकर्ताहरुले अवरोध गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!