विश्वकप फाइनलः न्यूजिल्याण्डले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टिम इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको फाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः३० बजेदेखि शुरु हुँदैछ ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

न्यूजिल्याण्ड प्लेइङ–११ः हेनरी निकोल्स, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन।

इंग्ल्याण्डको प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!