मन्दीको संघारमा विश्व अर्थव्यवस्था, बेरोजगारी बढ्ने खतरा

काठमाडौँ, असार २८ ।  एक पटक फेरि वैश्विक अर्थव्यवस्था मन्दीको चपेटामा आउनसक्ने विश्लेषकहरूले बताएका छन् । युरोप र एसियाका ठुला अर्थतन्त्रहरूमा नित्रंतर आइरहेको गिरावटले विश्व अर्थव्यवस्थामा २००८ को जस्तो मन्दी आउन सक्ने बताइन्छ । हाल विश्वव्यवस्थाको ६० प्रतिशत हिस्सा एसियाली देशहरूको  रहेछ ।

मन्दीको जस्तो अवस्थामा रहेका देश

समाचार एजेंसी ब्लूमबर्गले प्रकाशित गरेको एउटा रिपोर्टले एसियाका अग्रणी अर्थतन्त्रहरूको अवस्था सन्तोषजनक नरहेको बताएको छ । सिंगापुर, चीन, दक्षिण कोरियाजस्ता देशहरूको विकासदर निकै खस्किएको छ ।

अमेरिकासँग व्यापार युद्धको प्रभाव

यस समय अमेरिका चीनसँग प्रत्यक्ष व्यापार युद्धको अवस्थामा छ । अमेरिकाले भारतलाई समेत इरानबाट पेट्रोल खरिद नगर्न बाध्य पार्न दबाब दिइरहेको छ । यसको प्रत्यक्ष असर एसियाका उद्योगहरूमा देखा परिरहको छ । गत ३ महिनामा सिंगापुरको विकासदर ३.४ प्रतिशतमा सीमित रह्यो जुन २०१२ पछि सबैभन्दा न्यूनस्तरमा हो । चीनको आयात पनि गत वर्षको तुलनामा १.२ प्रतिशत घटेर सं २०१२ यताकै न्यूनस्तरमा खस्किएको छ ।  उसको निर्यातमा पनि ७.३ प्रतिशतको गिरावट देखा परेको छ ।

धेरथोर यही अवस्था दक्षिण कोरियाको अर्थव्यवस्थाको पनि रहेको छ ।  गएको तीन महिनामा उसको अर्थव्यवस्था उल्लेखनीय रूपले संकुचित भएको बताइएको छ । चीनले सोमवार आफ्नो कुल गार्हस्थ उत्पादनको तथ्यांक जारी गर्ने बताइएको छ, यसबाट उसको अर्थव्यवस्थामा जारी व्यापार युद्धले कस्तो प्रभाव पारेको रहेछ भन्ने कुराको आकलन गर्न सकिने छ ।

कारखानाहरूमा उत्पादन ठप्प

माँगमा आएको कमीक कारण कतिपय देशमा कारखानाहरूमा उत्पादन ठप्प भएको छ ।  कम्पनीहरूसँग रहेको पुरानो मौज्दात नै धेरै भएकाले फ्याक्ट्री बन्द गरिएको बताइन्छ ।  यसले निकट भविष्यमा बेरोजगारीको समस्या देखा पर्न सक्छ ।

अटोमोबाइल क्षेत्रमा गम्भीर असर

चीन र भारत जस्ता ठुला अर्थतन्त्रहरूमा अटोमोबाइल क्षेत्रमा हालत निकै गम्भीर भएर आएको छ ।  भारतमा लगातार तेस्रो महिना पनि नयाँ वाहनहरूको बिक्रीमा उल्लेखनीय कमी आएको समाचारहरूमा उल्लेख छ ।  चीनको मोटर उद्योगको अवस्था पनि निकिउ संवेदनशील रहेको छ । त्यहाँ गत एक वर्ष यता नयाँ गाडीहरूको बिक्री प्रभावित रहेको बताइन्छ ।

सिंगापुरको निर्यात घट्यो

सिंगापुरको अर्थव्यवस्थामा निर्यातको महत्वपूर्ण स्थान रहेको छ । गत वर्ष सिंगापुरको निर्यात कुल गार्हस्थ उत्पादनको १७६ प्रतिशत रहेकोमा गत केही महिना यता यो घटेर २०१३ को न्युनतम स्तरमा पुगेकोप छ । सिंगापुरका अर्थमन्त्री हेंग स्वी कीटले फेबुक्मा जारी गरेको जानकारीमा यस पटक सिंगापुरको कुल गार्हस्थ उत्पादनमा १.५ प्रतिशत देखि २.५ का बीच रहने विस्वास गरिएको छ ।

व्यापार युद्ध जारी रहे स्थिति अझै बिग्रिने

अमेरिकाले यसै गरी व्यापार युद्ध जारी राखे यसका परिणाम निकै गम्भीर हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् । २००८ मा पनि यसै प्रकार मन्दी आउँदा त्यसको असर विश्वभरी देखिएको थियो ।  अमेरिकामा त्यसबेला बेरोजगारीको आँकडा समेत बढेको थियो ।  सुरुमा लेमन ब्रदर्स र बैंक अफ अमेरिका दिवालिया हुँदा अमेरिकामा सुरु भएको मन्दीले संसारभरि असर पारेको थियो ।  यसबाट उम्किन तीन वर्ष लागेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!