आगलागीमा परी कुवेतमा तीन नेपाली कामदारको मृत्यु

कुवेत, असार २९ । कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारको आवास गृहमा भएको आगलागीमा परी एक पुरुष र दुई महिला गरि तीन नेपाली कामदारको मृत्यु भएको भएको छ । शुक्रबार राती १० बजे आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको अगलागीमा परि सर्लाहीका २९ बर्षिय बिजय बैंठा, नेपालको घर ठेगाना पत्ता लाग्न बाँकी अप्सरा कामी तथा गौरी दर्जीको मृत्यु भएको कुवेत स्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

मृतक बिजय बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत रहेको बिबरण प्राप्त भए पनि घरेलु महिला कामदारका रुपमा काम गर्दौ आएकी मृतक अप्सरा कामी तथा गौरी दर्जिको पुर्ण बिबरण भने आउन बाकी रहेको दूतावास स्रोतले जानकारी दिएको छ ।

आगलागीमा परि अन्य नेपालिहरु पनि घाइते भएको र उनीहरुको कुवेतको आदान अस्पतालमा राखिएको प्रारम्भिक जानकारी आएकोले नेपाली दुताबास कुवेतका प्रतिनिधि छिट्टै उक्त अस्पतालमा गएर घाइतेको अबस्था बुझ्ने दूतावासका दितिय सचीव ज्ञान मगरले बताएका छन् ।

घटनापछि नेपाली दूतावासले कुवेतको सम्बन्धित सरकारी निकाय र मृतक तथा घाइते काम गर्ने कम्पनी स्पोन्सरसँग समन्वय गरि कानुनी प्रकृया पुरागरी घाइतेको उपचार तथा मृतकले पाउने बिमा रकम दाबी सम्बन्धि प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!