कर्णाली नदीको किनारमा एकको शव फेला

सिमकोट असार २९ । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बगरमा कर्णाली नदीको किनारमा एक जना पुरुषको लाश भेटिएको छ ।

नदीको किनारमा रहेको ढुङ्गाको छेउमा रहेको बेडुको रुखको लहरोमा लाश अड्किएको अवस्थामा देखिएको हो ।

बाटोमा हिँडिरहेको बेला नदीको बहावसँग हल्लिँदै गरेको चीज देखिएपछि नदी किनारामा जाँदा घाँटीभन्दा तलको शरिरमात्र भएको पाईन्ट लगाएकोले त्यो लाश पुरुषको भएको प्रत्यक्षदर्शी दिपेन्द्र शाहीले घटना स्थलबाट पाईन्टमा पर्स, खुट्टामा जुत्ता लगाएको पनि देखिएको उनले बताए ।

कर्णाली नदी किनारामा लाश भेटिएको खबर आएको र त्यसतर्फ याङ्चु प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । प्रहरी लाश भेटिएको स्थानमा पुगेपछि थप जानकारी प्राप्त हुने उनले बताए । गत असार ३ गते लाश भेटिएको स्थानभन्दा चार सय मिटरमाथि कर्णाली नदीमा जीप दुर्घटना भएको थियो । जीपमा ड्राईभर सहित ११ जना यात्रु सवार रहेका थिए ।

जसमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको लाश केही दिनअगाडि सर्केगार्डमा भेटिएको थियो । अरु भने हालसम्म बेपत्ता अवस्थामै रहेका छन् । तर, यो लाश कस्को हो अहिले नै भन्न नसकिने प्रजिअ ढकालले बताए । लाश भेटिएको स्थानमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल पनि उपस्थित भएको छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!