ताइवान हतियार सम्झौताः आगोसँग नखेल्न अमेरिकालाई चीनको चेतावनी

बेइजिङ, चीनले अमेरिकालाई आगोसँग नखेल्न चेतावनी दिएको छ । ताईवानलाई ३ सय करोड भन्दा बढी मूल्यका हतियार र ट्यांक बेच्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताउँदै चीनले अमेरिकी सरकारको यो निर्णय आगोसँग खेल्नुजस्तै भएको बताएको छ ।
ताईवानलाई हतियार बेच्ने ट्रम्प प्रशासनको निर्णय चीनको सम्प्रुभता राष्ट्रिय सुरक्षाका लागि खतरा भएको चीनको भनाई छ ।

ेगत शुक्रबार दिन अमेरिकी विदेश विभागलाई ताइवानलाई १०८ अब्राहम ट्यांक र २५० स्टिंगर मिसाइलको बिक्रि गर्न अनुमति दिएको पेन्टागनले जनाएको थियो । यो सम्झौताले सैन्य सन्तुलनमा कुनै असर नहुने अमेरिकाले बताएको थियो । तर चीनले भने यसमा आपत्ती जनाउँदै सम्झौता रद्द्द गर्न माग गरेको छ ।

चीनको बयान ताईवानी राष्ट्रपति साई इंग वेन अमेरिका र क्यारेबियन देशहरुको यात्रामा रहेको बेला आएको छ ।

चीनले कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ शुआङले भने, “अमेरिकाले आधिकारिकरुपमा एक चीन नीतिलाई मान्यता दिएको थियो । तर ताईवानसँग भएको हतियार डीलबाट यो सिद्दान्तको उल्लंघन गरेको छ । चीनले ताईवानलाई हतियार बेच्ने कम्पनीमाथि प्रतिबन्ध लगाउने छ ।”अमेरिकी विदेश मन्त्रालयले भने चीनको यो बयानमाथि टिप्प्णी गर्न अस्वीकार गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!