खस क्षत्री सेवा समाजको नवौं स्थापना दिवस कतारमा सम्पन्न

दोहा । खस क्षत्री सेवा समाज कतारले एक कार्यक्रमकाबीच नवौं स्थापना दिवस मनाएको छ । शुक्रबार दोहामा सम्पन्न स्थापना दिवस कार्यक्रम शुभकामना व्यक्त गर्दै समाजका संरक्षक टिबि कार्कीले खस क्षत्री सेवा समाजले स्थापनादेखि नै जातिभन्दा माथि उठेर देश र राष्ट्रको सेवा गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । संस्थापक अध्यक्षसमेत रहेका कार्कीले कठिन परिस्थितिमा स्थापना गरेको संस्थाले निरन्तर समाज सेवामा सक्रिय रहँदा गर्व लाग्ने गरेको बताए ।

कार्यक्रममा समाजका आजिवन सदस्य एवं एन आर एन ए आइसीसि सदस्य कुमार कार्की, समाजका प्रमुख सल्लाहकार रेशम बस्नेत, आजिवन सदस्य एवं एन आर एन कतारका युवा संयोजक माया केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रवक्ता सन्तोष क्षत्री र सञ्चालन महासचिव रामजी खत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!