कतार आउँदै ‘नेपथ्य ब्यान्ड’

सन्तोष क्षत्री, दोहा । नेपालको चर्चित सांगीतिक ब्यान्ड नेपथ्य आगामी बकर इदको अवसरमा कतार आउने भएको छ । शुक्रबार कतारको दोहामा पत्रकार भेटघाटको आयोजना गरि आउँदाे बकर इदको दोस्रो दिन शान्तिको लागि संगीत कार्यक्रममा सहभागी हुन नेपथ्य ब्यान्ड कतार आउन लागेको जानकारी गराइएको हो ।

कार्यक्रम लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर-ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको हो । कार्यक्रममा सहभागी हुन ब्यान्डका प्रमुख गायक अमृत गुरुङसंगै अन्य कलाकार आउने छन् । कार्यक्रम सनैया ग्रन्ड मलसंगैको एसियन टाउन एम्पिथिएटरमा हुने आयोजकले जनाएकाे छ ।

कार्यक्रमको बारेमा जानकारी गराउँदै लक्ष्मण प्रसाद चौलागाईंले कार्यक्रमबाट हाल कतारको जेलमा रहेका बिनोद रानाभाटलाई केही सहयोग गर्ने लक्ष्यसमेत रहेको भन्दै आ-आफनो ठाउँबाट साथ सहयोग गरेर कार्यक्रम सफल बनाउनको लागि अनुरोध गरे ।

चौलागाईंले दोहामा बिगतमा भएका अन्य कार्यक्रमका गल्ती कमजोरीलाई सुधार्दै उत्कृष्ट गर्ने कोिशस गरिरेहेको बताए ।कार्यक्रममा सहभागीले दुई दशक भन्दा बढी समय देखि निरन्तर गायनसंगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफै‌मा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्नु सम्पूर्ण नेपालीको दायित्व रहेको बताए ।

कार्यक्रममा एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, कास्की आदर्श सेवा समाजका अध्यक्ष बिश्व बन्धु थापा, गुल्मी सेवा समाजका सल्लाहकार भिम तरामु मगर, रेडियो ओलिभका स्टेसन प्रमुख अनुराधा पावदे, रामनगर-ठिमुरा सेवा समाजका गणेश खाड ठकुरी लगाएतले कार्यक्रम सफलताको सुभकामना व्यक्त गरेका थिए । आयोजक एवं उक्त कार्यक्रमका संयोजक समेत रहेका दिपक भन्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कास्की आदर्श सेवा समाजका सचीव खुशीमान गुरुङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!