बाढी–पहिरोमा ज्यान गुमाउनको संख्या ३० पुग्यो, १४ जना घाइते (नामावलीसहित)

काठमाडौं, असार २८ । बिहीबारदेखि देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण शनिवार मध्यान्नसम्म ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । देशका विभिन्न भागमा वर्षासँगै आएको बाढी र पहिरोका कारण ३० जनाको मृत्यु हुनुका १३३ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैबीच गृहमन्त्रालयले दिउँसो २ बजे जारी गरेको विज्ञप्तिमा २९ जनको मृत्यु हुनका साथै २४ जना घाइते भएको जनाएको छ । यस्तै गृहमन्त्रालयले हालसम्म बाढी र पहिरोका कारण वेपत्ता रहेकाको संख्या १४ रहेको र दुई हजार ६५ घर परिवार विस्थापित भएको जनाएको छ ।

मृतकको नामावली
पर्सा– निखील पटेल
भोजपुर– जनक वि.क. र जगत बहादुर राई
रामेछाप– पदम कुमारी सुनुवार
सिन्धुली– हेमकुमारी सुनुवार र कार्वन कपारी
काभ्रेपलान्चोक– गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी
ललितपुर– सरोज जिम्वा, अविरल गोले, सन्दीप लोल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो

काठमाडौं– सर्मिला यादव, नितु यादव र कुन्दन यादव
धादिङ–अस्मिता तामाङ्ग, राज कुमार ठकुरी
खोटाङ– रेखा राई, रोमन राई र रोहन राई
मकवानपुर– सन्तमाया बलामी र सानुकान्छा सुनुवार
बारा– विक्कु यादव
ईलाम– मानाहाङ्ग लावती
झापा– ऐलिजा न्यौपाने
ओखलढुङ्गा पासाङपुटी शेर्पा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!