बाढीपहिरोका पीडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, असार २९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अविरल वर्षाका कारण गएको बाढी र पहिरोका पीडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने बताएका छन् । उनले स्थानीय प्रशासन र सुरक्षाकर्मी तदारुकताका साथ लागिरहेको दाबीसमेत गरेका छन् । सामाजिक सञ्जालको आफ्नो पेजमार्फत गृहमन्त्री थापाले घटनाले पुर्‍याएको क्षतीप्रति दुःख व्यक्त गरेका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘राहत तथा उद्दारमा कुनै कसर बाँकि नराख्न निर्देशन दिईसकिएको छ । आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुन स्थानीय, नागरिक समाज, रेडक्रस, पार्टी कार्यकर्ता लगायत सबैमा अपिल गर्दछु । साथै सुरक्षा सतर्कता अपनाउन समेत सबैमा आग्रह गर्दछु ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!