विष्फोटक भरिएको कार सोझै होटलभित्र घुसेपछि २७ को मृत्यु, ५७ घाइते

सोमालिया, दक्षिण सोमालियको एउटा होटलमा शनिवार ठूलो आतंकवादी हमला भएको छ । आत्मघाती आतंकवादीले किसमायो शहरको लोकप्रिय मेदिना होटलमा विष्फोटक भरिउको गाडी लिएर घुसेको थियो ।

त्यसपछि हतियारबन्द आतंककारीहरु होटलमा प्रवेस गरेर जथाभावी गोली चलाएको बताइन्छ । हमलामा मर्नेहरुको संख्या २७ भएको छ । घटनामा ५७ जना घाइते भएका छन् । हमलाको जिम्मेवारी अल शबाब नामक आतंकवादी संगठनले लिएको छ ।
मारिनेहरुमा कैयन विदेशी नागरिक रहेका छन् । यसमा तीन केन्याका, एकजना, क्यानाडाका एक जना, एकजना ब्रिटिश र दुई अमेरिका र तीन जना तान्जानियाका निवासी रहेका छन् । एकजना चिनियाँ नागरिक घाइते भएको बताइन्छ ।

घटनाको जिम्मेवारी लिने अल शबाब समूह अलकायदासँग जोडिएको एउटा समूह हो । यसअघि पनि यो संगठनले थुप्रै हमला गरिसकेको छ । प्रहरीले चारैजना हमलाकारीलाई मारेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!