कमल र श्रेयाको ‘वैशको चुरीफुरी’ बोलको गीत सार्वजनिक

मोडल कमल सिंह र श्रेया कार्की फिचर्ड रहेको ‘वैशको चुरीफुरी’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा मोडल कमल र श्रेयाको गज्जबको क्यामेस्ट्री देखिएको छ । रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत सिसिर काफ्लेको रहेको छ भने शब्द शिशिर बुढाथोकीको सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा बुद्ध थापाको छायाँकन, कमल खड्काको कोरियोग्राफी, विकास धमलाको सम्पादन समाबेस रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!