गीता अधिकारीको ‘छम छम नाच्न’ तीज गीत बजारमा

काठमाडौं, असार २८ । गतवर्षको तीजमा सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालिको तीज गीतमा ‘छम छम नाच्न’ भन्दै आउने भएकी छन् ।

गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचौं सङ्गी हो…’को भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकन गरिएको हो । नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाँकन गरे

गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् । ‘हामीले गतवर्ष सन्देशमुलक तीज गीत स्रोता र दर्शकमाझ पस्केका थियौं, यसपालिको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौं भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् ।

‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोसिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौं कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नि’ नायिका पुजनाले भनिन् । ‘गत वर्षभन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौं’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन् ।

‘तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौं,’ निर्देशक नारायण रिजालले भने । मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दै छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!