मलेसियाविरुद्ध पारस खड्काको शानदार अर्धशतक (LIVE)

काठमाडौं, असार २८ ।  टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ३ छक्का र ५ चौकाको मद्दतमा ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउँने क्रममा नेपालले ११.३ ओभरमा तेस्रो विकेट गुमायो । नेपालले तेस्रो विकेटकारुपमा रोहित कुमार पौडेललाई ५ रनमा गुमाएको हो । यसअघि नेपालले ज्ञानेन्द्र मल्ललाई ७ र प्रदीप ऐरीलाई ८ रनमा गुमाइसकेको छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए ।

बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए  । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

https://www.youtube.com/watch?v=gG0UnRsWObA

कमेन्ट गर्नुहोस्

error: Content is protected !!