राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

काठमाडौं, असार २८ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा २०७६ असार २७ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विशिष्ट आतिथ्यतामा निम्नानुसारका चलचित्रकर्मीहरुलाई वि.सं. २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ ।

सो अवसरमा मन्त्रीबाट कार्यक्रमलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा राष्ट्रपतिले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको कुरा आफ्नो मन्तव्य राखे । अझ बढी चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्नका चलचित्रकर्मीहरुमा हौसला दिने कुरा आफ्नो मन्तव्यमा राखे ।

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो ।

कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गरेका थिए । कार्यक्रमको कृतज्ञता ज्ञापन तथा समापन बोर्ड अध्यक्षज्यूले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!