मेरो दुईवर्षे अवधिमा थुप्रै विकास निर्माणका कामहरु भएः भरतपुर महानगर प्रमुख दाहाल

चितवन, असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आफ्नो कार्यकालको दुईवर्षे अवधिमा थुप्रै विकास निर्माणका कामहरु भएको बताइन् ।

भरतपुर महानगरपालिका– १९ शारदानगर टाउनमा निर्माण भएको प्रहरी चौकीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दे प्रमुख दाहालले यस्तो बताएकी हुन् । उनले विगतका बिसौं वर्षमा हुन नसकेका विकास निर्माणका कामहरु आफ्नो कार्यकालको दुईवर्षे अवधिमा भएको दावी गरिन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी दाहालले भरतपुरलाई देशकै नमुना अनि समृद्ध महानगरपालिका बनाउन लागिपर्ने अठोट गरिन् । भरतपुर महानगर योजनाबद्ध र सन्तुलित विकासको नितीलाई अवलम्ब गर्र्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढिरहेको प्रमुख दाहालको भनाइ छ ।

उनले समाजमा शान्ति सुरक्षा कायम, अपराध र दुव्र्यसन नियन्त्रण गर्नका लागि स्थानीयसँग मिलेर काम गर्न महानर समुदायमा प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाएको बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!