नेपालले पायो १२९ रनको लक्ष्य, करणले लिए एकै ओभरमा ३ विकेट

काठमाडौं, असार २८ । टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियाले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए ।

बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए  । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!