बाढी र पहिरोको वितण्डाः मृत्यु हुनेको संख्या १७ पुग्यो, १३ जना घाइते

काठमाडौं, असार २७ । दुई दिन देखिको निरन्तर वर्षाका कारण शुक्रबार साँझासम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । साथै १३ जना घाइते भएको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ । तर, गृहमन्त्रालयका अनुसार साँझ ७ बजेसम्म १५ जनाको मृत्यु, ४३५ घर परिवारका ११ सय ७५ जना विस्थापित भएको र १५३ जनाको उद्धार गरिएको छ ।

वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ भने वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल स्थानीय प्रहरी टोली खटी गई उद्दार कार्य गरिरहेको जनाएको छ । बाढीबाट काठमाडौं, ललितपुर, भक्तपुर,काभ्रेपलाञ्चोदक, रामेछाप, सिन्धुली, रौतहट, धनुषा, चितवन, उदयपुर, पाँचथर, मकवानपुर, खोटाङ, दोलखा, धनकुटा, धादिङ, भोजपुर लगायत देशभरका विभिन्न स्थान प्रभावित भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!