दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु

मलेसिया, असार २७ । रोजगारीका लागि मलेसिया पुगेका २ नेपालीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर नुवाकोटका शिव दाहाल र डडेल्धुराका सुरेन्द्र भट्टको मृत्यु भएको हो । घटना शुक्रबार यहाँको साहाआलममा भएको हो । भट्ट र दाहाल दुवै जनाको घटना स्थलमै मृत्यु भएको मलेसियाबाट आशिष तामाङले जानकारी दिए ।

आर एल सेक्युरिटी कम्पनीमा काम गर्न भनी ६ बर्ष अधि मलेसिया पुगेका उनीहरु नेपाल फर्किने तयारीमा थिए । घटना बारे मलेसिया स्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ । मृतकको शव पोस्ट मार्टमको लागि स्थानीय अस्पतालमा राखिएको र प्रक्रिया पूरा गरि नेपाल फर्काउने तयारी रहेको तामाङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!